एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर सिटीले ओलम्पियाकोसमाथि जित निकाल्दै च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ ।
बुधबार राति भएको खेलमा ग्रिसको ओलम्पियाकोसमाथि १–० गोल अन्तरले जित निकाल्र्दैै सिटीले च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा प्रबेश गरेको हो ।
ओलम्पियाकोसको मैदानमा सिटीलाई जित दिलाउन फिल फोडेनले निर्णायक गोल गरे । खेलको ३६ औं मिनेटमा फोडेनले सिटीका लागि निर्णायक गोल गरे ।
अपराजित रहेको सिटीले ४ खेलमा १२ अंक जोडेको छ । सिटी समूहको शीर्ष स्थानमा रहेको छ ।
ओलम्पियाकोस ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । यसै समूहको अर्को खेलमा पोर्टोले मार्सेलीलाई २–० ले हराएको छ ।