प्रधानमन्त्रीका तीन सल्लाहकार र स्वकीय सचिवमा कोरोना संक्रमण - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

प्रधानमन्त्रीका तीन सल्लाहकार र स्वकीय सचिवमा कोरोना संक्रमण


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका तीनजना सल्लाहकार र स्वकीय सचिवमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण भएको छ ।

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार थापा र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई कोरोना संक्रमण देखिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

प्रधानमन्त्रीको सचिवालयका सबै सदस्य र चालकसम्मको स्वाब संकलन गरिएकोमा सचिवालयका ४ जनासहित अन्य केहीलाई पनि कोरोना संक्रमण भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सम्बन्धित खवर