थप २ हजार ९४२ जना कोरोना संक्रमित - Mangsebung News
  • सोमबार, असार २३, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

थप २ हजार ९४२ जना कोरोना संक्रमित


काठमाडौं । आइतबार कोरोना भाइरस संक्रमितको संख्या २ हजार ९ सय ४२ जना थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमका अनुसार देशभरका प्रयोगशालामा १३ हजार ७ सय ४९ जनामा गरिएको परिक्षमा आइतबार २ हजार ९ सय ४२ जना थपिएको छ । सयसंगै नेपालमा हालसम्मको कारोना संक्रमितको संख्या १ लाख ३२ हजार २ सय ४६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २ हजार ३ सय १६ जना कोरोना मुक्त भएर घर फर्किएका छन् । यससंगै ९२ हजार १ सय ६६ जना उपचारपछि निको भइसकेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप १२ जनाको मृत्यु भएको छ । यस संगै नेपालमा अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हेनेको संख्या ७ सय ३९ पुगेको छ ।

सम्बन्धित खवर