दमकको सरसफाईमा हेप्पी नेपाल (फोटो फिचर सहित) - Mangsebung News
  • मङ्गलबार, जेठ ०१, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

दमकको सरसफाईमा हेप्पी नेपाल (फोटो फिचर सहित)


दमक । सुन्दर दमक बनाउनका लागि हेप्पी नेपालद्धारा सरसफाई सम्पन्न भएकको छ ।

प्रहरीसंग साझेदारी गरि हेप्पी नेपालले दमकका मुख्य चौक बजारमा सरसफाई सचेतना अभियान गरेको हो ।

दमक नगरपालिकाको मुटु गणतन्त्र चौकमा रहेको आकाशे पुलबाट सुरु भएको सरसफाई इलाका प्रहरी कार्यालय दमकमा पुगेर अन्त्य भएको थियो । सफाईमा वडा प्रतिनिधि, समाजसेवी, प्रहरी, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

यस बिचमा गणतन्त्र चौक, बसपार्क आसपासका क्षेत्रमा सरसफाइ गरिएको थियो । प्रहरी कार्यालय भित्र हिरासत कक्ष र अन्य सबै कक्षमा समेत सफाई गरेको थियो ।

विश्वमा महामारीको रुपमा विकराल रहेको कोरोना भाइरस संक्रमणको जाखिमलाई मध्य नजर गर्दै सरसफाई गरि सेनिटाइजर गरेको हेप्पी नेपालका महासचिव सुरेन्द्र कुमार श्रेष्ठले बताए । उनले नगरपालिकाको प्रत्येक वडामा सफाई समिति भए पनि काम नगरेको गुनासो गरे । त्यसैले नगरपालिकाले यो सफाई अभियान हेरेर सिकोस भन्ने चाहेको वा सिकाउन खोजेको जानकारी गराए ।
तस्वीरहरु

सम्बन्धित खवर