महागुरु फाल्गुनन्द लब्रे आगमन वर्ष शताब्दी कार्यक्रम सम्पन्न (फोटो फिचर सहित) - Mangsebung News
  • मङ्गलबार, जेठ ०१, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

महागुरु फाल्गुनन्द लब्रे आगमन वर्ष शताब्दी कार्यक्रम सम्पन्न (फोटो फिचर सहित)

लब्रेकुटी ।महागुरु फाल्गुनन्द लब्रे आगमन वर्ष शताब्दी कार्यक्रम सम्पन्न फिदिम । किरात धर्म दर्शनका पुनरुथानकर्ता राष्ट्रिय विभुती महागुरु फाल्गुनन्द र प्रथम चेला दिलमान तुम्बापो चोकमागु आगमन वर्ष शताब्दी समारोह कार्यक्रम सम्पन्न भएको छ ।
महागुरु फाल्गुनन्दको कर्मभुमी लब्रे स्थित जौबारीमा सोमबार फिदिम नगरपालिकाका मेयर ओनहाङ नेम्बाङको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेम्बाङले लब्रेमा डिपिआर निर्माण भैसकेको र अब छिटै फल्गुनन्दको समाधीस्थल सिलौटीमा समेत डिपिर गरेर विकास निर्माणका कार्य अगाडि बढाउने बताए । उनले भने लब्रेमा निर्माण गरिरहेको रिङरोड पनि चैत-बैशाख सम्ममा सुचारु गर्ने प्रतिबद्धता जनाए । त्यसतै लब्रेमा दैनिक दर्जनौं पर्यटक आउने तर उनीहरुले शौच गर्ने शौचालय नभएको गुनासो आउने गरेको भन्दै नेम्बाङले अबको केही महिना भित्र शौचालय निर्माण गर्ने भन्दै नेम्बाङले महागुरु फाल्गुनन्द लब्रे आएर पहिलो पल्ट बस्नु भएको, पाइला टेक्नु भएको जौबारीमा प्रतिकको रुपमा स्तम्भ निर्माण गर्दा लागेको खर्च समेत नगरपालिकाले ब्यहोर्दिने प्रतिबद्धता जनाए ।
फिदिम नगरपालिका वडा न. ५ का कार्यबाहक अध्यक्ष लोकराज भन्डारीले महागुरु संग सम्बन्धित पुन्य भुमिको संरक्षण गर्न नगरपालिकासंग सक्दो पहल गर्ने र वडाले समेत गर्न सक्ने काम गरेर आफ्नो कर्तव्य बोध गर्ने बताए ।
पल्टने जीवन ब्यतित गरेर फाल्गुनन्द र उनका प्रथम चेला दिलमान तुम्बापो बि.स. १९७७ सालमा पहिलो पटक चोकमागु आएका थिए । उनीहरु आएको सय वर्ष पुगेको अवसरमा आगमन वर्ष शताब्दी समारोह कार्यक्रम गरिएको लेखक तथा महागुरु सम्बन्धि खोज अन्वेषणकर्ता रमेश तुम्बापोले बताए । फाल्गुनन्द चोकमागु आएपछि नै किरात धर्मले आकार लिन पाएको र अहिले यतिको हुन सकिएको भन्दै तुम्बापोले उनको पहिलो पाउ परेको ठाउँलाई अजर अमर बनाउन स्तम्भ निर्माण गरिएको बताए ।
लिबोङ तुम्बापोले सन्चालन गरेको कार्यक्रममा सुवास तुम्बापो, धनराज तुम्बापो, रुपनारायण जबेगु, चन्द्रराज आङ्देम्बे, श्यामनयन तुम्बापो, ललित नेम्बाङ, मनकुमार फेजङ लगायत बोलेका थिए ।

सम्बन्धित खवर