५ लाख नपाउँदा सन्नीले नाच्न मानिनन् - Mangsebung News
  • मङ्गलबार, बैशाख ०४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

५ लाख नपाउँदा सन्नीले नाच्न मानिनन्

बलिउड नायिका सन्नी लियोनी चलचित्रको पर्दामा जसरी विवादस्पद देखिन्छिन्, त्यती नै विवाद उनले स्टेजमा नृत्य गर्दा पनि हुन्छ । हालैमात्र, सन्नीले प्रेम दिवसको अवसर पारेर केरलामा प्रस्तुत गर्ने तयारी गरेकी थिइन् । तर, अन्तिम समयमा आएर सन्नीले यो कार्यक्रम रद्द गरेकी छिन् । आखिर, यसपटक त्यस्तो के विवाद भयो जसले गर्दा सन्नीले यो कार्यक्रम नै रद्द गरिन् ?

सन्नीले आयोजकले आफूसँग गरेको सहमतीलाई पुरा गर्न नसकेको भन्दै कार्यक्रम रद्द गरेको उल्लेख गरेकी छिन् । भारतीय मिडियाले उल्लेख गरेअनुसार, आयोजकले सन्नीका लागि ७५ लाखमा फाइनल गरेको थियो र ७० लाख उनलाई तिरिसकेको थियो । तर, सन्नीले ५ लाख रुपैयाँ नआएपछि नाच्न अस्विकार गरेको खबर मिडियामा उल्लेखछ छ ।

आयोजकले यो कार्यक्रम रद्द नहुने तर अप्रिलमा आयोजना हुने उल्लेख छ ।

सम्बन्धित खवर