अमिताभ र तप्सीको ‘बद्ला’ - Mangsebung News
  • बिहिबार, बैशाख ०६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

अमिताभ र तप्सीको ‘बद्ला’

बलिउडका भेट्रान अभिनेता अभिताभ बच्चनको मुख्य भूमिका रहेको चलचित्र ‘बदला’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरले चलचित्र सस्पेन्स तथा थ्रिलर कथामा निर्माण भएको प्रष्ट पार्दछ । ट्रेलरमा ताप्सी पन्नु र सुजोय घोसलाई पनि देखाइएको छ ।

ट्रेलरले सार्वजनिक भएको २४ घण्टा नपुग्दै ९१ लाख बढी दर्शक पाइसकेको छ । ट्रेलर हेरेर ११ हजार बढी दर्शकले प्रतिकृया दिएका छन् भने २ लाख ३ हजार बढी दर्शकले ट्रेलरलाई लाइक गरेका छन् । त्यहाँ आएका धेरैजसो प्रतिक्रियाहरु सकरात्मक छन् ।

चलचित्र ‘पिंक’ पछि अमिताभ र तपसी एकसाथ देखिन लागेका हुन् । चलचित्रको ट्रेलर सार्वजनिक भएसँगै धेरैले यसलाई प्रतिक्षामा रहेको उल्लेख गरेका छन् । चलचित्रमा अभिताभ बच्चनले एक वकिलको भूमिका निर्वाह गरेका छन् भने ताप्सी एक अपराधीको भूमिकामामा प्रस्तुत छिन् ।

रेड चिल्ली र एजुरो इन्टरटेन्टमेन्टको संयुक्त व्यानरमा निर्माण भएको ‘बदला’लाई सुजोय घोशले निर्देशन गरेका हुन् । चलचित्रमा गौरी खान, सुनिल खोतेरपाल र अक्षी पुरीको लगानी छ । चलचित्रले मार्च ८ लाई आफ्नो प्रदर्शन मिति तय गरेको छ ।

सम्बन्धित खवर